खाना पकाउने सबै ग्यास सिलिण्डरको मूल्य घट्यो, अब २ हजार १ सय कायम

खाना पकाउने सबै ग्यास सिलिण्डरको मूल्य घट्यो, अब २ हजार १ सय कायम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय खाना पकाउने ग्यास सिलिण्डर जथाभावी बिक्रि गर्न थाले पछि एलपि ग्यास सिलिण्डरको मूल्य घटेको छ । बजारमा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउने भन्दै बिहिबार एलपि ग्यास उद्योग संघ बागमती समितिले प्रति सिलिण्डर २१  सय रुपैयाँ कायम गरेको हो ।

कोरोना भाइरसको प्रभावसँगै पछिल्लो समय बजारमा कम्पनी पिच्छे फरक मूल्यमा ३ हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म बिक्री हुँदै आएको थियो । तर केही कम्पनीले बजारमा चलेको भाउमा भन्दा अत्यन्तै सस्तो मूल्यमा समेत खाली सिलिण्डर बिक्री गरिरहेकाले समितिले सिलिण्डरको मूल्य निर्धारण गरेको हो ।

संघले बागमती प्रदेशभित्र मात्र सो मूल्य निर्धारण गरेको हो । यो मूल्य बागमती प्रदेशभित्र मात्रै कायम हुने गरी खाली सिलिण्डरको जसलाई एलपि ग्यासको खाली सिलिण्डरको मूल्यमा एकरुपता गरेको जानकारी दिएको छ ।

संघले उपभोक्तालाई २१ सय रुपैयाँ र कम्पनीले २ हजार रुपैयाँमा खाली सिलिण्डर खरिद गर्न पाउने व्यवस्था बनाएको जनाएको छ ।

Skip This
Skip This
Logo