जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओमा आवेदन दिने मंगलबार (आज) अन्तिम दिन रहेको छ। 

माघ २१ गतेदेखि निष्काशन तथा विक्री खुल्ला गरेको आईपिओमा आवेदन दिने आज (बैकिङ समय पश्चात) अन्तिम दिन रहेको हो। 

लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपिओ जारी गरेको थियो।

लघुवित्तले निष्कासन गरेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ८ हजार कित्ता कर्मचारीहरुलाई र २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ भने सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपिओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

Skip This
Skip This
Logo