नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमितको संख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः नन्कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ। 

कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’ बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई राखेर प्रभावकारी उपचार सेवालाई निरन्तरता दिएको थियो। तर, संक्रमण घटेसँगै अस्पतालको मुख्य भवनबाट फागुन १ देखि पूर्णरुपमा ननकोभिड सेवा मात्र प्रवाह गर्न थालिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । कोभिड क्रिटिकल युनिट १५ शैयाको छ ।  

उनका अनुसार अब नर्भिकले कोभिड संक्रमितहरुको उपचार तथा कोभिड अघि वा पछिको परामर्श सेवा अस्पतालको पार्किङ नजिकै अलग्गै निर्माण गरिएको कोभिड क्रिटिकल युनिटबाट मात्रै प्रवाह गर्नेछ । 

नर्भिकले केही समयअघिदेखि नेपालका निजी अस्पतालमै पहिलोपटक ‘कोभिड ओपिडी सेवा’को समेत सुरुवात गरेको थियो । सो सेवासमेत कोभिड क्रिटिकल केयरबाटै प्रवाह हुँदै आएको छ। सो सेवालाई अझ प्रभावकारी बनाइएको र निरन्तर रहनेसमेत मिश्रले जानकारी दिए। 

उनका अनुसार नर्भिकको मुख्य भवनमा अब सामान्य अवस्थाको झैं उपचार सेवा प्रवाह हुनेछ। सर्वसाधारणले ढुक्क भएर पहिलाको झैं विश्वस्तरीय स्वास्थ्य सेवा लिनसक्ने उनको भनाइ छ।

Skip This
Skip This
Logo