विज्ञापन भएकाे झन्डै एक वर्षपछि भन्सार एजेन्टकाे परीक्षा, सार्वजनिक भयाे तालिका

विज्ञापन भएकाे झन्डै एक वर्षपछि भन्सार एजेन्टकाे परीक्षा, सार्वजनिक भयाे तालिका

केन्द्रबिन्दु
0
Shares

विज्ञापनकाे झन्डै एक वर्षमा भन्सार एजेन्टकाे परीक्षा हुने भएकाे छ। भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेकाे थियाे। तर, २९ माघका लागि तय भएकाे परीक्षा काेराेना महामारीका कारण स्थगित भएकाेमा भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेकाे हाे। 

जसअनुसार २८ फागुन दिउँसाे २ बजे लिखित परीक्षा तय भएकाे छ। तर परीक्षा केन्द्र निर्धारण भइसकेकाे छैन।

भन्सार एजेन्टमा २२ वर्षपछि भर्ना खुलेकाे थियाे। पुराना भन्सार एजेन्टले आफ्नो एकाधिकार कायम राख्न र नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि परीक्षा रोक्न अदालतमा मुद्दा दायर गरेपछि लामाे समयसम्म प्रक्रिया अगाडि बढ्न सकेकाे थिएन। अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो।

भन्सार एजेन्टले विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात-निर्यातमा सहजीकरण गर्नेछन्। एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुनेछ।

भन्सार विभागले २०५६ सालमा भन्सार एजेन्ट परीक्षा प्रक्रियाबाट छनाेट गरि ५८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो। त्यो संख्या अहिले घट्दै गएर १७० जनामा सीमित भएको छ।

Skip This
Skip This
Logo