सरकारले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो ६ महिनामा मुलुकभित्र अवैधानिकरुपमा बसेका तथा गैरकानुनी कार्यमा संलग्न विभिन्न राष्ट्रका १५४ जना नागरिकलाई निष्काशन गरेको छ।
२०७८ साउनदेखि पुस मसान्तसम्मको अवधिमा उनीहरुलाई निष्काशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन्।
‘निष्काशन गरिएका अधिकांश कैद जरिवाना भुक्त्तानी गरेका तथा भिसा अवधि सकिएपछि (ओभर स्टे गर्ने) विदेशी हुन्,’ महानिर्देशक भट्टराईले भने ।





























प्रतिक्रिया