पछिल्लो ६ महिनामा लागूऔषधसहित २ हजार २४६ पक्राउ, ६३ जना विदेशी

पछिल्लो ६ महिनामा लागूऔषधसहित २ हजार २४६ पक्राउ, ६३ जना विदेशी

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएयताको ६ महिनामा प्रहरीले अवैध लागूऔषधसहित २ हजार २४६ जनालाई पक्राउ गरेको छ। 

०७८ साउनदेखि पुस मसान्तसम्मको अवधिमा उनीहरु पक्राउ परेको गृह मन्त्रालयले जनाएको छ। 

गृहका अनुसार पक्राउ पर्नेमा २ हजार १८३ जना नेपाली, ५८ जना भारतीय र ५ जना अन्य देशका नागरिक रहेका छन्। 

पक्राउ पर्नेहरुबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, कोकिन लगायतका लागूऔषध बरामद गरिएको गृहले जनाएको छ। 

Logo