कारोबार हुने साताको चौथो दिन आज बुधबार पनि शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। मंगलबार १६ दशमलव ३० अंकले घटेको बजार आज २२ दशमलव ११ अंकले घटको हो।
बुधबार २२३ वटा घितोपत्रको ६५ लाख २० हजार ६२८ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
बुधबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ। त्यसमध्ये सबैभन्दा बढी टे«न्डिङ समूहको १ दशमलव २२ प्रतिशतले गिरावट आएको हो।
कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १८ करोड ६१ लाख ६९ हजार ७६५ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।































प्रतिक्रिया