सुजुकी गाडी प्रयोग गर्नेले अब घरमै सर्भिस भ्यान बोलाएर सेवा लिन सक्ने

सुजुकी गाडी प्रयोग गर्नेले अब घरमै सर्भिस भ्यान बोलाएर सेवा लिन सक्ने

केन्द्रबिन्दु
0
Shares

मारुती सुजुकीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटोकर्पले आफ्ना ग्राहकलाई लक्षित गरि शुरुवात गरेको ‘वर्कशप अन ह्विल’ क्याम्पेन अन्तर्गत सेवा लिन पाउने भएका छन्। सुजुकी गाडी प्रयोग गर्ने ग्राहकले अब घरमै सर्भिस भ्यान बोलाएर सेवा लिन सक्ने भएका हुन्। 

गाडी बिग्रिएर समस्यामा परेका ग्राहकलाई सेवा दिन ‘वर्कशप अन ह्विल’ उपयोगी हुने कम्पनीले बताएको छ। कम्पनीका अनुसार यो सेवा यात्रा गर्दै गर्दा सडकमा गाडी बिग्रिएर समस्यामा परेका ग्राहकलाई समेत उपलब्ध हुनेछ। 

सडक र घर दुवै स्थानमा ब्रेक डाउनको समस्याका कारण अफ्ठेरोमा परेका ग्राहकलाई छिटो छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन यो क्याम्पेन फलदायी हुने विश्वास लिइएको छ।

जसअन्तर्गत कम्पनीले वर्कशपबाटै उपलब्ध हुने सरहको सेवा प्रादन गर्न ग्राहकको लोकेशनमा भ्यान र टेक्निसियन पठाएर ग्राहकलाई सेवा प्रदान गर्नेछ।

हालका लागि यो सेवा काठमाडौं, पोखरा, भैरहवा र नारायणघाटमा उपलब्ध हुने जनाइएको छ। सेवा लिन ग्राहकले कम्पनीको हटलाइन नम्बर ९८०१५७१५७१ मा सम्पर्क गर्नुपर्नेछ।

Skip This
Skip This
Logo