बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले बिहीबार आजदेखि साधारण शेयर (आईपिओ) निष्काशन तथा विक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि आईपिओ निष्काशन तथा विक्री खुल्ला गरेको हो ।
कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख रुपैयाँ बराबरकोे १८ लाख २७ हजार ९७० कित्ता आईपिओ विक्री खुल्ला गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रमा निष्काशन गर्दा यस कम्पनीको वातावरणीय प्रभाव मूल्याक्न प्रतिवेदन बमोजिमको सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रमा कमशः जुगल गाउँपालिका वडा नं.२, ३ र ४ (साविकको गोल्चे गाविस, गुम्बा गाविस र पाङताङ गाविस) का लागि १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के.भि प्रशारण लाइनबाट प्रभावित क्षेत्रहरु कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको बडागातवा र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ७ लाख ३१ हजार १८८ कित्ता शेयर निष्काशन गरेको छ।
स्थानीय लगानीकर्ताले कम्पनीको आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि छिटोमा फागुन १२ गतेसम्म र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपिओमा लगानीकर्ताहरुले कुमारी बैक जलवीरे शाखा, एनसीसी बैंक बोडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा र लक्ष्मी बैंक खाडीचौर शाखाबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपिओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।































प्रतिक्रिया