महानगरीय ट्राफिक प्रहरी महाशाखाले बेवारिसे अवस्थामा फेला परेका २८ वटा सवारीसाधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ।
महाशाखाले बिहीवार एक कार्यक्रमका बीच बेवारिसे अवस्थामा फेला परेका २८ वटा सवारीसाधन सम्बन्धित सवारी धनीलाई बुझाएको हो । २८ सवारीसाधनमा १७ वटा मोटरसाइकल तथा ११ वटा स्कुटर रहेका छन् । सम्बन्धित सवारीधनीलाई सवारी हस्तान्तरण गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उमेशराज जोशीले सवारी चालकहरुले पार्किङ गर्दा ध्यान पुर्याउन आवश्यक रहेको बताए । उनले जथाभावि पार्किङ नगर्ने, पार्किङ गर्दा उज्यालो स्थानमा राख्ने गरेमा सवारीसाधन हराउनबाट जोगाउन सकिने बताए।
महाशाखा प्रमुख जोशीले कतिपय सवारीसाधन चोरी गरेको पाइएकोले चोरी गर्नेहरुलाई कानूनी दायरामा लगेपछि मात्रै सम्बन्धित धनीलाई सवारीसाधन हस्तान्तरण गरिने बताए । उनले लामो समयसम्म बेवारिसेरुपमा रहेका सवारी साधन देखेमा १०३ मा फोन गरेर सूचना दिन आग्रह गरे । महाशाखाले चालु आर्थिक वर्षमा ८६१ वटा चोरीका सवारीसाधनहरु हालसम्म सम्बन्धित धनीलाई बुझाइएको र चोरीमा संलग्न ३८ जनालाई पक्राउ गरि कानूनी कारबाहीको दायरामा ल्याएको उल्लेख गरेको छ।





























प्रतिक्रिया