रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आइपिओ जारी गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आइपिओ जारी गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

केन्द्रबिन्दु
0
Shares

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो नियुक्ति सम्बन्धी सम्झौता माघ २६ गते बुधबार सम्पन्न भयो। सम्झौतामा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष बद्रीप्रसाद गौतम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। 

कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। ३ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हाल शतप्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ। 

कम्पनीले हाल कायम जारी पूँजी रु. २० करोड मध्ये स्थानीयका लागि १० प्रतिशत वापत रु. २ करोड रकम बराबरको २ लाख कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि रु. १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता गरि कुल ३ लाख ९९ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो। 

Skip This
Skip This
Logo