नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ६५४ वटा नमुना परीक्षण गर्दा ८३६ जनामा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै सोही अवधिमा ४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ४ हजार २६० जनामा गरिएको पीसीआर परीक्षणमा ४९१ जनामा र २ हजार ३९४ जनामा एन्टिजेन परीक्षण गर्दा ३४५ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १०१ रहेको छ भने पछिल्लो २४ घण्टामा १ हजार ८२६ जना डिस्चार्ज भएका छन् ।
साढे ६ हजार परीक्षण गर्दा ८३६ जना संक्रमित
साढे ६ हजार परीक्षण गर्दा ८३६ जना संक्रमित
Posted by Kendrabindu – केन्द्रबिन्दु on Saturday, 12 February 2022





























प्रतिक्रिया