मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको दिएको छ। 

फागुन १ गते मनाइने जनयुद्धको अवसरमा मधेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदाको घोषणा गरेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए । यसबीच, जनयुद्धको दिवसको अवसरमा प्रदेश सरकारले आइतबार एक भव्य कार्यक्रमबीच माओवादी जनयुद्धमा मधेश प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई राहत स्वरुप तत्काल १ लाख नगद दिने निर्णयसमेत गरेको छ। 

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेका मधेशी सहिद प्रतिष्ठानले पहिलो चरणमा जनयुद्धका सहिद तथा ज्यान गुमाएका परिवारलाई १ लाख दिने निर्णय गरिएको मन्त्री साहले बताए। 

आइतबार प्रदेश सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आउने कार्यक्रम रहेको छ।

Skip This
Skip This
Logo