स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुरोध

स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाडौंमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधन नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्दै जोरबिजोर प्रणाली अनुसार सञ्चालन गर्न प्रशासनले सबैमा अनुरोध गरेको छ ।

अत्यावश्यक सेवा कार्यालय आवतजावत र ढुवानीका साधनमा भने जोरबिजोर लागू नहुने प्रशासनले सूचना जारी गरी स्पष्ट पारेको छ । प्रशासनले खुला स्थानमा भीडभाड, सभाजुलुस गर्न गराउन, जात्रा, मेला, महोत्सव, भोजभतेर सञ्चालन गर्न तथा धार्मिक क्षेत्रमा दैनिक नित्य पूजाबाहेकका गतिविधि, बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापार, व्यवसाय सञ्चालन गर्न भने निषेध गरेको छ ।

यस्तै चाडपर्व लगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रममा हुने जमघट, शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, ब्यूटी पार्लर शैलुन, स्पा, स्वीमिङ पुल जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, चिडियाखाना तथा सङ्ग्रहालय सञ्चालनमा रोक लगाइएको पुरानै व्यवस्थालाई कायम गरिएको छ ।

व्यापार व्यवसायमा स्वास्थ्य मापदण्ड विपरीत मजदूरलाई ओसारपसारमा समेत रोक लगाइएको छ । दैनिक क्रियाकलाप गर्दा मास्कको प्रयोग अनिवार्य गर्न, नियमित साबुनपानीले हात धुन या सेनिटाइजरको प्रयोग गर्नसमेत अनुरोध गरिएको छ ।

भौतिक दूरी कायम राखेर दैनिक गतिविधि सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । सो विषयमा दैनिक अनुगमन गरिने र कैफियत देखिए कानून अनुसार कारवाही हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

Skip This
Skip This
Logo