जबराको बचाउ गर्ने हाम्रो मनसाय होइन : अध्यक्ष ओली

जबराको बचाउ गर्ने हाम्रो मनसाय होइन : अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गर्ने आफूको मनसाय नभएको बताएका छन् । 

सोमबार एमाले संसदीय दलको बैठकमा उनले जबरामाथि महाभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको बताए । 

ओलीले भने, ‘अहिले प्रधानन्यायाधीशका विरुद्ध महाभियोग प्रस्ताव निर्वाचनलाई सार्ने वा टार्न खोज्ने, एमसीसी जसरी पनि पारित गर्ने र लोकतन्त्रमाथि निरन्तर हमला गर्ने  प्रवृत्ति हो । प्रधानन्यायाधीश जबराप्रति सकारात्मक भएको वा एमालेको पक्षमा काम गरेका छन् भनेर उनलाई बोकेर हिँड्नुपर्छ, जोगाउनुपर्छ भन्ने मनसाय एमालेको छैन ।’ 

Skip This
Skip This
Logo