आयरल्यान्डसँगको खेलमा नेपाल १६ रनले पराजित

आयरल्यान्डसँगको खेलमा नेपाल १६ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

 चारदेशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आज सोमवार भएको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको छ । आयरल्यान्डले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर एक सय ११ रनमा सीमित भएको हो ।  

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २८ र आसिफ शेखले २३ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ आयरल्यान्डका मार्क ऐडर, सिमी सिंह, बेरी म्याककार्थी र एन्डी म्याकब्रेनले दुई-दुई विकेट लिए ।

यसअघि अल अमिरातमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनायो । आयरल्यान्डका लागि जर्ज डोकरेलले २८, कर्टिस च्याम्परले २० र कप्तान एन्डी बलविरनेईले १९ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिए । यस्तै अभिनाश बोहराले दुई विकेट लिँदा कमल ऐरी, जितेन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले समान एक-एक विकेट लिए । 

शृङ्खलामा नेपालले एक खेलमा मात्र जित हात पार्यो । ओमनलाई पराजित गर्दै श्रृखलाको सूरुवात गरेको नेपालले यूएई र आयरल्यान्डसँग भने पराजित हुन पुग्यो । 

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी-२० क्रिकेट शृङ्खला भएको हो । यो शृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कपको ग्लोबल छनोटको पूर्ण तयारीका रूपमा लिएको छ । 
 

Logo