नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले जनताले सरकारकाे अनुभूति नै गर्न नपाएकाे टिप्पणी गरेका छन्।
एमाले रुपन्देहीले धकधईमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पौडेलले साढे ३ वर्ष केपी ओलीको सरकार रहँदा जनताले सरकारकाे अनुभूति गरे पनि तर अहिलेकाे सरकार छ-छैन भनेर जनताले अनुभूति नै गर्न नपाएकाे बताए।
'गठबन्धन सरकार सम्पूर्ण रुपमा असफल छ, यो सरकारले न त विकास गर्न सकेको छ, न त शान्ति सुरक्षा दिन,' उनले भने । सरकारले देशलाई आर्थिक संकटमा पुर्याएकाे दाबी गर्दै उनले भने- देशमा विदेशी मुद्राको संचिति सकिएको छ, महँगी बढेकाे छ। पुँजीगत खर्च हुन सकेकाे छैन।'
स्थानीय तहको निर्वाचन हुन नदिन गठबन्धनकै दलहरुले कोसिस गरिरहेकाे उनले बताए। 'यो निर्वाचन रोक्न र छेक्न भित्रबाट अनेक कोसिस अझै पनि भइरहेको बताउँदै नेता पौडेलले कुनै पनि बाहानामा निर्वाचन रोक्न नदिइने बताए।































प्रतिक्रिया