सत्तासीन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज मंगलबार पनि बस्दैछ। यसअघि तीन दिन बैठक बसेकाे थियाे ।
पूर्वनिर्धारित एजेन्डासहित समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न दिउँसाे ३ बजे बैठक बस्न लागेकाे कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका ३५ जनाले यसअघिका बैठकमा धारणा राखिसकेका छन्। बाँकीले आजकाे बैठकमा धारणा राख्नेछन् । नेताहरुकाे धारणासँगै बैठकमा भएको छलफलका निर्णय सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। बैठक आज सकिँदैछ।
कांग्रेसले गत १४ माघमा केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो। सभापतिसहित १३ पदाधिकारी स्वतः कार्यसम्पादन समितिमा रहन्छन् ।































प्रतिक्रिया