जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यस अघि स्थगित भएको ३ आर्थिक वर्षको संयुक्त साधारण गर्ने निर्णय गरेको छ। फागुन २ गते बसेको सञ्चालन समितिको बैठक अनुसार सभा फागुन ११ गते लिसारा हल, नक्साल काठमाडौंमा बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले अघिल्ला तीन आर्थिक वर्षको पाँचौं, छैठौं र सातौं वार्षिक साधारण सभा संयुक्तरुपमा सम्पन्न गर्न लागेको हो ।
कम्पनीले यस अघि माघ ३ गतेका लागि बोलाएको उक्त सभा गणपूरक संख्या नपुगेकाले स्थगित भएको थियो ।
सभामा विगत ३ आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव गरिएको छ।
साथै, सभाले संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ। कम्पनीले यस अघिको साधारण सभा प्रयोजनको लागि पुस २१ गते एक दिन बुक क्लोज गरेको छ। पुस २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन्।





























प्रतिक्रिया