प्रधानमन्त्री र प्रचण्डबीच संसदमा एमसीसी टेबुल नगर्ने सहमति

प्रधानमन्त्री र प्रचण्डबीच संसदमा एमसीसी टेबुल नगर्ने सहमति

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस नगर्ने सहमति भएको छ। 

अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) १६ फागुनभित्र अनुमोदन गरिसक्न अमेरिकाले दबाब दिइरहेका बेला बुधबारको बैठकमा सो प्रस्ताव पेस गर्ने तयारी गरेको थियो। 

तर, एमसीसी सम्झौता अनुमोदन प्रस्ताव राष्ट्रिय सहमतिविना सदन बैठकमा पेस गरिए सरकारबाट बाहिरिने माओवादी केन्द्रको बैठकले निर्णय गरेपछि गठबन्धनका शीर्ष दुई नेताबीच सो सहमति भएको हो। 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीचको छलफलमा बुधबारको संसद बैठकमा एमसीसी अनुमोदन प्रस्ताव पेस नगर्ने सहमति भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए। 

Skip This
Skip This
Logo