संसद् अवरोध अन्त्य गर्न सभामुखको आग्रह

संसद् अवरोध अन्त्य गर्न सभामुखको आग्रह

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरूलाई संसद् अवरोध अन्त्य गर्न आग्रह गरेका छन् । 

बैठक प्रारम्भ भए लगत्तै रोस्टम अगाडि आएर एमाले सांसदहरूले अवरोध गरेपछि सभामुख सापकोटाले राज्य सञ्चालनको ४२ वटा विद्येयक पारित गर्न बाँकी रहेको भन्दै अवरोध अन्त्य हुनुपर्ने बताए ।

संसदमा  बारम्बार अवरोध गर्नुलाई राम्रो मान्न नसकिने उनले बताए । संसद् बैठकमा छलफलको वातावरण बनाउन सभामुख सापकोटाले अनुरोध पनि गरे। 

एमालेले २३ फागुनदेखि निरन्तर संसद् अवरोध गर्दै आएको छ।

Skip This
Skip This
Logo