शेयर बजार : १९ दशमलव ८४ अंकले घट्यो नेप्से

शेयर बजार : १९ दशमलव ८४ अंकले घट्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको चौँथो  दिन बुधबार (आज) शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। बजार प्रिओपनमा बढे पनि बजार खुलेपछि भने अन्त्यमा गएर दोहोरो अंकले घटेर बन्द भएको हो । 

मंगलबार ५३ दशमलव ३० अंकले बढेको बजार आज १९ दशमलव ८४ अंकले गिरावट आएर २ हजार ७३४ दशमलव ४४ बिन्दुमा झरेको छ। 

बुधबार २३१ वटा घितोपत्रको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

बुधबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचकमा वृद्धि आएको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ । 
 
कारोबार रकमको आधारमा अपि पावर कम्पनीको २१ करोड १४ लाख ६५ हजार ३३९ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

Skip This
Skip This
Logo