प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राजनीतिक र व्यवहारिक कारणले प्रदेश सरकारको मन्त्रालय विभाजन गरेको बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपाल प्रदेश १ को भेलालाई विराटनगरमा सम्बोधन गर्दै राईले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीमा र गठबन्धनमा शान्ति स्थापना नभई काम अगाडि बढाउन समेत नसकिने भएकाले यसो गरेको तर्क दिए ।
राईले भने, ‘राजनीतिक आवश्यकतालाई सम्बोधन नगरेर केही मन्त्रीको संख्या नबढाएको भए अहिलेसम्म पनि मन्त्रीमण्डल विस्तार हुने थिएन । मैले एउटा बाटो रोज्नु पर्यो,’ उनले भने, ‘के म ६ महिनासम्म मन्त्रीमण्डल विस्तार नगरी बस्न सक्छु र त्यस अवस्थामा प्रदेश सरकारले कुनै पनि काम गर्न सक्ने अवस्था पनि हुँदैन थियो । त्यसकारण मैले एउटा कुरा रोजेको हो, यसलाई लुकाउनु पर्ने कुनै कारण छैन ।’
मुख्यमन्त्री राईले मन्त्रालय विभाजनले कति खर्च बढाउँछ भन्ने विषयमा हिसाव किताब नगर्ने पनि बताए । ‘प्रदेश मन्त्रीमण्डल बढाउँदा कति हिसाव बढ्छ भनेर हिसाव चाहिं कसैले गरेको छैन, यत्रो प्रदेश सरकार चलाउने कुरामा २/४ रुपैयाँ खर्चको हिसाव गरेर बस्नु पनि हुँदैन ।’ उनले मन्त्रालय विभाजनले प्रदेशका रहेक काम सहज रुपमा हुन गरेको समेत बताए ।































प्रतिक्रिया