इंग्लिस क्लब लिभरपुलले यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेकाे छ।
इटालीको सान सिरोमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले २-० जित निकालेकाे हाे। उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले १-१ गाेल गरे। याेसँगै लिभरपुलले तीन अंक जोडेको छ।
दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। रोबर्टोले खेलको ७५औं मिनेटमा गोल गरे। ८३औं मिनेट सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो।
अब दोस्रो लेगका लागि लिभरपुलले इन्टरलाई २२ मार्चमा आतिथ्य गर्नेछ।





























प्रतिक्रिया