एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९५ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ कायम भएको छ। 

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ कायम भएको थियो। 

Logo