भोलि एमसीसीविरुद्ध युवा संघ नेपालले प्रदर्शन गर्ने

भोलि एमसीसीविरुद्ध युवा संघ नेपालले प्रदर्शन गर्ने

केन्द्रबिन्दु
0
Shares

 नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले विवादमा रहेको एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएको छ । 

भोलि ६ गते सांसदमा एमसीसी टेबल गर्ने षड्यन्त्र देखीएकाले देशभक्त प्रगतिशील युवाहरुले आन्दोलन गर्ने संघका सचिव तथा गैरभौगोलिक प्रदेश अध्यक्ष सुशील भट्टराईले बताए ।

संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले  एमसीसी दान नभई ऋण रहेकाले विदेश सहयोग नेपाली जनताको हित विपरीत रहेको बताउदै एमसीसी नेपालको कानून र संबिधान भन्दा माथि हुनै नसक्ने कारण सम्झैता संसदबाट अनुमोदन हुन नदिने बताए ।

सरकारले पटक पटक एमसीसी संसदबाट अनुमोदन गर्ने तयारी गरेका बेला विभिन्न क्षेत्रबाट आन्दोलनका कार्यक्रम भइरहेका छन् ।  

Logo