कर्जामा ब्याजदर घटाउन नाडाद्वारा राष्ट्र बैंकसँग माग

कर्जामा ब्याजदर घटाउन नाडाद्वारा राष्ट्र बैंकसँग माग

केन्द्रबिन्दु
0
Shares

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले कर्जामा ब्याजदर घटाउन नेपाल राष्ट्र बैंकसँग माग गरेको छ। नाडाले बिहीवार राष्ट्र बैंकलाई पत्राचार गर्दै यस्तो माग गरेको हो।

हालै नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा ५ प्रतिशतबाट बृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरिएको छ।

नाडाले भने यस्तो व्यवस्थाले सवारी साधन लगायत स्पेयर पार्टसहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधन तथा स्पेयर पार्टसहरुको मूल्यसमेत बढ्न गई उपभोक्ताहरुलाई समेत असर पर्ने बताएको छ। 

'वित्तिय निकायहरुले व्याजदर बढाउँदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढ्दै गरेको औद्योगिक तथा व्यवसायिकक्षेत्रलाई ठूलो मार पर्नेछ । उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको वर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई वर्तमान तरलता समस्याको समाधान पनि नहुने निश्चित छ । र यसले नेपालको अर्थतन्त्रलाई नै थप जोखिममा पार्ने देखिएकाले कर्जाको व्याजदर बढाउने नीतिमा पुनर्विचारका लागि नेपाल राष्ट्र बैंकसँग नाडाकोतर्फबाट अनुरोध गरिएको छ।' जारी विज्ञप्तिमा उल्लेख छ।

Logo