प्रजातन्त्र दिवसमा टेलिकमको अफर, भोल्टी कल निःशुल्क

प्रजातन्त्र दिवसमा टेलिकमको अफर, भोल्टी कल निःशुल्क

केन्द्रबिन्दु
0
Shares

फागुन ७ गते (शनिबार) मनाइने ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ भने एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ। सो अफर भोलि एक दिनका लागि उपलब्ध हुनेछ। 

नेपाल टेलिकमले हालै व्यवसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ। 

साथै, सोही अवसरमा भोलि फागुन ७ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ।  

Skip This
Skip This
Logo