राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि लमजुङका ३२ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि लमजुङका ३२ विद्यालय छनोट

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनोट भएका छन् । 

राईनासका आठ, बेसीशहरका ६ र  सुन्दर बजार नगरपालिकाका पाँच विद्यालय छनोटमा परेका छन् । त्यस्तै, दोर्दीका पाँच, मध्य नेपालका चार, मर्स्याङ्दीका  तीन र दुधपोखरी गाउँपालिकाको एउटा विद्यालय छनोट भएको छ ।
शिक्षा तथा मानव स्राेत विकास केन्द्रका अनुसार छनोट भएका १४ वटा विद्यालयमा कक्षा कोठा निर्माण हुनेछ । त्यस्तै, शिक्षामा नवीन प्रविधि प्रवर्द्धनमा १७ र  एउटा विद्यालय प्रयोगशालाका निम्ति छनोट भए ।

 आठ वटा विद्यालयमा चार कोठे भवन बन्नेछ भने नौ वटा विद्यालयमा दुई कोठे भवन बन्ने छ । जिल्लामा गत वर्ष सोही कार्यक्रम अन्तर्गत १६ विद्यालय छनोटमा परेका थिए ।

छनोट भएका विद्यालयले ६ लाख ५० हजारदेखि ३६ लाख रुपैयाँसम्म अनुदान पाउने छन् । 

Logo