मुलुकको समृद्धि र जनताको सुख प्राप्त गर्ने राष्ट्रिय अभियानमा एकजुट हुनु पर्छ : ओली

मुलुकको समृद्धि र जनताको सुख प्राप्त गर्ने राष्ट्रिय अभियानमा एकजुट हुनु पर्छ : ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुनुपर्ने बताएका छन्। बहत्तराैं प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने पार्टीको अभियानलाई सबैको साथ र सहयोगबाट अगाडि बढाउनुपर्ने बताएका हुन् । 

अध्यक्ष ओलीले आफू सरकारमा रहँदा प्रजातान्त्रिक आन्दोलनमार्फत देशको गरिमा र जनताको चाहनालाई सफलताको दिशामा अभिमुख गराउन आर्थिक र समाजिक न्यायसहित परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्दै मुलुकलाई अघि बढाएको उल्लेख गरेका छन्। 

“एमालेले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्ने आफ्ना हरेक क्षण, सम्भावना र सामर्थ्य सदुपयोग गरेका थियौँ,” उनले सन्देशमा भनेका छन्। 

जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारि नागरिक अधिकार स्थापित भएको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो अमूल्य जीवनलाई बलिदान दिने अमर शहिदप्रति अध्यक्ष ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

Skip This
Skip This
Logo