सुनको मूल्य १०० रुपैयाँले बढ्यो

सुनको मूल्य १०० रुपैयाँले बढ्यो

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम भएको छ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ कायम भएको थियो। आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ हजार ३०५ रुपैयाँ कायम भएको चाँदी आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Logo