एमसीसी आजै टेबल हुन्छ, गठबन्धनबीच सम्झौता भइसक्यो: ज्ञानेन्द्र कार्की (भिडियाे)

एमसीसी आजै टेबल हुन्छ, गठबन्धनबीच सम्झौता भइसक्यो: ज्ञानेन्द्र कार्की (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता संसद्मा टेबल गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शीर्ष नेताहरूको बैठकले आइतवार नै बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको हो । गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता टेबल हुने जानकारी दिए । उनले टेबल भइसकेपछि सभामा गहन रूपमा छलफल हुने र निष्कर्षमा पुगिने बताए । उनले भने – ‘आज म तपाईँहरू सबैलाई संसद् भवन तर्फ जानका लागि आग्रह गर्दछु । आज एमसीसी परियोजना सम्झौता सार्वभौम संसद्मा टेबुल हुन्छ । र यसपछि सडकमा होइन, संसद्मा गहन रूपले छलफल भएर एउटा निष्कर्षमा पुग्ने कुरा यहाँहरूलाई म अवगत गराउन चाहन्छु । आजै टेबुल हुन्छ ।’

प्रवक्ता कार्कीले एमाले नेतृत्वको पूर्ववर्ती सरकारले एमसीसी सम्झौतालाई प्रतिनिधि सभामा दर्ता गराएको र सोही दर्तालाई टेबल गर्न लागिएको भन्दै यसको सम्बन्धमा एमालेले जवाफ दिनुपर्ने बताए । उनले भने – ‘आज टेबल हुन्छ म यति मात्रै भन्न चाहन्छु कि, यो एमसीसी परियोजना संसद्मा दर्ता गराएको विगतको सरकार केपी शर्मा ओलीको नेतृत्वको सरकारले यसलाई संसद्मा दर्ता गराएको हो । सरकारको अविच्छिन्न उत्तराधिकारीको रूपले हामीले यसलाई आज टेबल गराउँछौँ । यसपछि प्रमुख प्रतिपक्षी दलमा रहेको एमाले जो त्यतिखेर सरकारमा हुनुहुन्थ्यो, उहाँहरूले यसको जवाफ तपाईँहरूलाई दिनुपर्छ ।’

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।  

 

Skip This
Skip This
Logo