संसदमा एमालेको अवरोध आज पनि कायम (Live)

संसदमा एमालेको अवरोध आज पनि कायम (Live)

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी एमालेले आज पनि बैठक अवरोध गरिरहेको छ। 

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन्। प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन्।

तर, एमाले सांसद भीम रावलले एमसीसी पेस गर्न लागिएकोमा विरोध जनाएका छन्। यसअघि माओवादी प्रमुख सचेतक देव गुरुङले पनि सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका थिए। 

एमालेले माधवकुमार नेपालसहित १४ जना गरेको कारबाहीअनुसार सांंसदबाट पदमुक्त गर्न माग गर्दै २३ भदौबाट संसद अवरुद्ध गर्दै आएको छ। 

Skip This
Skip This
Logo