चारा घोटाला काण्डमा लालु यादवलाई ५ वर्ष जेल सजाय

चारा घोटाला काण्डमा लालु यादवलाई ५ वर्ष जेल सजाय

केन्द्रबिन्दु
0
Shares

विहारका पूर्वमुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई चारा घोटला काण्डमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ। विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवानासमेत तोकेको छ।

लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो। सो काण्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको थियो। त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजायँ सुनाइएको थियो। 

यसअघि चार वटै चारा घोटाला काण्डमा उनी दोषी ठहर भएका थिए । 

Skip This
Skip This
Logo