आईसीसी टी-२० विश्वकप क्रिकेट ग्लोबल छनोटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले क्यानाडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
ओमानमा जारी प्रतियोगितामा क्यानाडाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्ने भएको हो । नेपालले लिग चरणमा यसअघिका दुबै खेलमा टस हारेको थियो ।
नेपाल यसअघिका दुबै खेलमा जित निकाल्दै ४ अंकमा शीर्ष स्थानमा छ। अर्को खेलमा ओमान र फिलिपिन्सबीच खेल हुनेछ। आजको खेलमा क्यानाडा र ओमान विजयी भए रनरेटका आधारमा समूह 'बी' बाट सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ।
नेपाल विजयी भए अपराजित रहँदै सेमिफाइनल पुग्नेछ। फाइनल प्रवेशका लागि समूह 'बी'को विजेताले यूएईसँग र उपविजेताले आयरल्याण्डसँग खेल्नेछ।































प्रतिक्रिया