उदयपुरमा तीन बालिका आफन्तबाटै बलात्कृत, दुई जना गर्भवती

उदयपुरमा तीन बालिका आफन्तबाटै बलात्कृत, दुई जना गर्भवती

केन्द्रबिन्दु
0
Shares

उदयपुरमा तीन बालिका बलात्कृत भएका घटना सार्वजनिक भएका छन्। बलात्कारमा परेका तीन बालिकामध्ये दुई जना गर्भवती भइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ। 

आरोपित तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए। बलात्कारमा परेका मध्ये दुई बालिकाको स्वास्थ्य परीक्षण गर्दा गर्भवती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे हाे। तीन वटै बालिका आफन्तबाट बलात्कारमा परेका हुन्।
    
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार झडकेली छोरीलाई सौतेनी बुबाबाट, काकाबाट भतिजिलाई र भेनाले सालीलाई बलात्कार गरेका हुन्। उदयपुरको बेलका नगरपालिकामा सौतेनी बाउले १४ वर्षीया झडकेली छोरीलाई बलात्कार गरेको, उदयपुरगढी गाउँपालिकामा १६ वर्षीया बालिकालाई भेनाबाट र त्रियुगा नगरपालिकामा ११ वर्षीया बालिकालाई काकाबाट बलात्कार भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ। 

एक बालिका चार महिना र अर्को बालिका सात महिनाको गर्भवती रहेको स्वास्थ्य परीक्षणबाट खुल्न आएको छ। चालु आर्थिक वर्षभित्र २१ बलात्कारका घटना जिल्ला प्रहरी कार्यालय उदयपुरमा दर्ता भएका छन्।न्युज कारखाना

Skip This
Skip This
Logo