कारोबार हुने साताको तेस्रो दिन मंगलबार (आज) पनि शेयर बजार बढेको छ। सोमबार २५ दशमलव ४१ अंकले बढेको बजार मंगलबार १७ दशमलव ४२ अंकले बढेर २ हजार ७३५ दशमलव ९३ बिन्दुमा पुगेको छ।
मंगलबार २२८ वटा धितोपत्रको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
मंगलबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी अन्य समूहको १ दशमलव ९८ प्रतिशतले बढेको हो ।
मंगलबार मैलुङ खोला जलविद्युत कम्पनी र युनाइटेड इदी मर्दी आर.वि हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको २१ करोड ४९ लाख ६७ हजार ४२१ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।































प्रतिक्रिया