आईसीसी टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको सेमिफाइनलमा यूएईले नेपालसामु १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो । यूएईका लागि मोहमद वासिमले ७० र रित्या अरभिन्दले ४६ रन बनाए । जितेन्द्र मुखिया र अभिनाष बोहोराले समान ३-३ तथा सन्दीप लामिछानेले एक विकेट झारे ।
आजको खेलमा जित निकाल्ने टोलीले यही वर्ष अस्ट्रेलियामा हुने विश्वकप क्रिकेटमा स्थान सुरक्षित गर्नेछ । नेपाल समुह बीको विजेता र यूएई समुह एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
अर्को सेमिफाइनलमा आयरल्याण्ड र ओमानबीच खेल भइरहेको छ ।





























प्रतिक्रिया