अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पार्टीको आधिकारिक धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको बैठक आज बस्दैछ।
संसदीय दलको कार्यलय सिंहदरवारमा दिउँसो १ बजे बैठक बस्ने नेता केशव झाले जानकारी दिए। बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीतिबारे छलफल गर्न दलको बैठक बोलाइएको लोसपाले जनाएको छ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुँदैछ। गत आइतबार बसेको संसद् बैठकमा एमसीसी टेबल भएको छ।
आगामी १६ फागुनसम्म एमसीसी सदनबाट अनुमोदन गरिसक्नुपर्ने डेडलाइन भएकाले भोलिकै बैठकमै पास वा फेलको टुंगो लाग्ने सम्भावना छ। संसदमा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ। तर, उसले अहिलेसम्म यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। लोसपाका नेताहरूले एमसीसी सहयोग लिनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्।































प्रतिक्रिया