मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको २० दशमलव ३० प्रतिशत बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको छ।
बैंकले उक्त बोनस शेयर बापतको १० लाख ६० हजार ५११ दशमलव ३३ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट साविकको चुक्तापूँजी रू. ७९ करोड ७३ लाख ७६ हजारको आधारमा उक्त बोनस शेयर वितरण गरेको हो।
बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात बैंकले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्नेछ। शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन्।





























प्रतिक्रिया