सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ।
बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीबारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भएपछि बुधबार प्रचण्ड र सापकोटाबीच भेटवार्ता भएको हो ।
प्रचण्ड सभामुखलाई भेट्नका लागि लैनचौरस्थित निवास पुगेका थिए। भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि थिए । एमसीसीको विपक्षमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्र यतिबेला संकटमा परेको छ।
सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा छन् ।





























प्रतिक्रिया