काठमाडौं उपत्यकामा ५८ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ५१ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्। भक्तपुरमा भने आज नयाँ संक्रमित थपिएनन्।
नेपालमा पछिल्लो २४ घण्टामा ३१८ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७४३ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१८ जनामा कोरोना पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा ५६२ जनाले संक्रमण जितेका छन्।
सोही अवधिमा नेपालमा थप एक संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन्।





























प्रतिक्रिया