नेकपा(एमाले)का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल सकारात्मक भएको बताएका छन्।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग एमाले अध्यक्ष ओलीले बिहीवार संसद भवनमा भेटवार्ता गरेका थिए। भेटवार्ताको क्रममा एमसीसी र राष्ट्रिय राजनीतिको सम्बन्धमा तथा संसदको गतिरोध अन्त्य गर्ने विषयमा व्यापक छलफल भएको उपाध्यक्ष नेम्वाङले बताए। छलफल सकारात्मक भएको उनको भनाइ छ। छलफललाई अझै निरन्तरता दिइने उनले बताए।
उपाध्यक्ष नेम्वाङले एमाले सबैकुरा सकिएपछि अन्त्यमा फुटाएर भएपनि काम चलाउनुपर्ने खुत्रुके जस्तो भने नभएको स्पष्ट पाए। उनले भने–‘अध्यक्ष केपी ओलीको शब्दमा भन्नुपर्दा हामी खुत्रुके होइनौँ। खुत्रुके माटोको भाँडो जसमा पैसा राखेर जम्मा गर्ने गरिन्छ। सबै चिज सिद्धियो भने अन्तिममा खुत्रुके फुटाएर भएपनि काम चलाउ हुन्छ। हामी त्यस्तो चाहीँ होइनौँ। हामी देश र जनताको हितमा काम गर्छौं। निर्णय गर्छौं।’
उनले छलफल सकारात्मकरुपमा अगाडि बढेको भएपनि ठोस निष्कर्षमा भने नपुगिएको बताए।































प्रतिक्रिया