माओवादी केन्द्रीय कार्यालयको बैठक, गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने निर्णय

माओवादी केन्द्रीय कार्यालयको बैठक, गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने निर्णय

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित छलफल सकिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

बैठक प्रचण्ड निवास खुमलटारमा बसेको थियो। बैठकमा केन्द्रीय कार्यालयका साथै पूर्वस्थायी समिति सदस्य तथा मन्त्रीहरूको पनि उपस्थिती थियो। बैठकले एमसीसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन्।

बैठकमा माओवादी नेताहरूले एमसीसी पास वा फेल जे भए पनि गठबन्धन भने नटुटाउने विषयमा आ-आफ्नो धारणा राखेका थिए। केही नेताले माओवादी सरकारमै रहँदा छलफल गरि ल्याएको एमसीसीको विपक्षमा जाँदा विश्वसनीयताको प्रश्न पनि उठ्ने धारणा राखेका थिए। 

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारमा रहने नरहने बारे निर्णय गर्न दबाब दिए पनि माओवादी केन्द्रले आफ्ना मन्त्रीहरूबारे कुनै निर्णय भने गरेन। माओवादी केन्द्रले अन्तिम पटक गठबन्धन बैठक राखेर पार्टीको अडान राख्ने एक नेताले बताए।

Skip This
Skip This
Logo