कांग्रेसले एमालेसंग सहमति गरेर मुलुकमा शान्ति कायम गर्छु भन्नु दिउसो देख्ने सपना हाे : झलनाथ खनाल

कांग्रेसले एमालेसंग सहमति गरेर मुलुकमा शान्ति कायम गर्छु भन्नु दिउसो देख्ने सपना हाे : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिएका छन । उनले एमालेसँग सहमति गरेर मुलुकमा शान्ति कायम होला भन्ने सपना कांग्रसले दखेको भए त्यो दउँसो आकाशतिर हेरेर देखेको सपना मात्र भएको बताए ।   

 एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक पार्टी र संसद विभाजित बनिरहेको उल्लेख गरे । उनले एमसीसीको बारेमा अझै देशभित्र राष्ट्रिय सहमति खोजेर बाँकी सम्भावनाहरुलाई उजागर गर्न आवश्यक रहेको उल्लेख गरे । 

तखनालले भने, ‘एमसीसी मुद्दाले हाम्रो देशको गठबन्धन सरकार भित्र विभाजन आयो । संसदमा विभाजन आयो । राजनीतिक पार्टीहरुका बीचमा विभाजन आयो र आम जनताका बीचमा समेत विभाजन आयो । यो ग्म्भीर सवाल हो । यो गम्भीर सवालमा कम से कम पनि नेपाल एकतावद्ध हुनुपर्छ । राष्ट्रिय सहमति हुनुपर्छ ।’ 

उनले थपे ‘अझै सहमतिका के सम्भावना छन् ती सम्भावनाहरु खोज्नुपर्छ । त्यो खोजेर सम्भव छ भने अझै पनि पत्ता लगाऔँ । देश जनतालाई विभाजित गर्ने काम नगरौँ । नेपाली काँग्रेसले कसरी अघि बढ्ने भन्ने कुरामा गम्भीरतापूर्वक सोच्नुपर्छ । जनता, देश जे सुकै होस् एमसीसी पास गर्नुपर्छ भन्ने लाइनमा जानुभयो भने देश अलि दुर्घटनातिर जान्छ ।’ 

Skip This
Skip This
Logo