एमसीसी पास हुन्छ : शशांक कोइराला

एमसीसी पास हुन्छ : शशांक कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले एमसीसी संसदबाट पास भएपछि सरकार रहने नरहने कुरामा आशंका व्यक्त गरे । 

उनले एमसीसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताए । सांसद कोईरालाले एमसीसी नेपालको हितमा भएकोले नेपालले पास गर्नुपर्ने तर्क दिए । प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन र एमसीसी पास गर्न अन्तिमसम्म लागि परिरहेको पनि बताए । 

ंउनले, ‘सत्ता ध्रुवीकरणको अवस्था किन सिर्जना भयो भने शेरबहादुरजीको हिसावले सोच्ने हो भने उहाँको दुई वटा बाटो छ, एउटा एमसीसी पास गराउने, अथवा गठबन्धनलाई बरकरार राख्ने । उहाँको अन्तिम प्रयास एमसीसी पनि पास गराऔँ, गठबन्धन पनि नटुटाऔँ भन्ने हुन्छ । त्यही प्रयास निरन्तर अहिले पनि चलिरहेको छ । यसमा दुई तिहाई चाहिँदैन । त्यसैले यो अवरोध भइरहेको छ । एमसीसी सानो इस्यू होइन, गम्भीर इस्यू हो । गम्भीर विषयमा स्वभाविक वार्ता चलिरहन्छ । गतिरोध स्वभाविक नै हो । एमसीसी नेपालको लागि राम्रो हो । किनभने नौ देशहरुमा एमसीसी लागू भइसकेको छ ।’

उनले थपे ‘अमेरिकाको न सेना आएको छ, न त्यहाँ कुनै हस्तक्षेप भएको छ । मंगोलिया जस्तो देशमा पनि एमसीसी बरकरार छ, त्यसकारण एमसीसी हाम्रो लागि राम्रो हो । एमसीसी पास हुन्छ । पास भइसकेपछि यो सरकार जान पनि सक्छ नजान पनि सक्छ । यही गठबन्धन चलिरहन सक्छ अथवा एमालेसँग मिलेर पनि गठबन्धन हुनसक्ने सम्भावना छ ।’

Skip This
Skip This
Logo