नेपाली क्रिकेट टोली स्वदेश फर्कियाे

नेपाली क्रिकेट टोली स्वदेश फर्कियाे

केन्द्रबिन्दु
0
Shares

ट्वान्टी-२० विश्वकप क्रिकेट छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

ओमानको मस्कटमा भएको खेलमा नेपालले तेस्रो स्थान हात पारेको थियो। शुक्रबार साँझ टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

विश्वकप छनोट खेलको सेमिफाइनलसम्म पुगेको नेपाली टोली बुधबार यूएईसँग पराजित बनेको थियो। क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाली टोली यूएईसँग पराजित भएपछि विश्वकप छनोटको यात्रा टुंगिएको थियो।

शुक्रबार साँझ नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायाकेसहित खेलाडी टोलीलाई अभिनन्दन गर्दै स्वागत गरिएको थियो।

Skip This
Skip This
Logo