काठमाडौं । ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट संक्रमित भएकी छन् । शाक्यसँगै उनका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट संक्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताइन् । घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरूले पिसिआर परीक्षण गराएको शाक्यले बताइन् ।
पहिलो पटक कोरोना नदेखिए पनि पछि आफू, श्रीमान् र छोरामा लक्षण देखा परेपछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट संक्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिइन् । तीनै जना घरमै आइसोलेसनमा बसिरहेका छन् ।





























प्रतिक्रिया