१४ सांसदलाई निष्कासन नगरेसम्म संसद् चल्दैन: एमाले उपाध्यक्ष बादल

१४ सांसदलाई निष्कासन नगरेसम्म संसद् चल्दैन: एमाले उपाध्यक्ष बादल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद् सुचारु हुन नदिने बताएका छन् ।

आसन्न निर्वाचनलाई केन्द्रित गरी एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुख करणलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले यस्तो बताएका हुन् ।

देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र अरू सबै दल अर्कोतर्फ ध्रुवीकृत भएको कार्यक्रममा उपाध्यक्ष थापाले दाबी गरे । ‘एमालेले हटाएका १४ सांसदको सूचना टाँस गरिए मात्र एमसीसीलगायतका विषयमा संसदीय प्रक्रियामा भाग लिन्छ ।’ उनले भने, ‘जनादेशको सरकारलाई हटाएर परमादेशबाट बनेको सरकारले देशलाई आर्थिक रूपमा संकटतर्फ धकेलेको र न्यायपालिका, कार्यपालिका तथा व्यवस्थापिकामा अराजकता फैलाएको छ ।’

एमाले विगतको एकीकृत पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै निरन्तरताको पार्टीका बुझ्नु पर्ने उनको भनाइ छ । ‘जनताको अपार मायाको कारण एमाले मुलुकमा सबैभन्दा शक्तिशाली पार्टी बनेको हो,’ उनले भने, ‘एमालेले अघि सारेको विकास र समृद्धिको महान् यात्रालाई कुनै पनि शक्तिले रोक्न सक्दैन ।’

केन्द्रीय स्कुल विभाग, निर्वाचन विभाग र स्थानीय तह विभागको आयोजना तथा कर्णाली प्रदेश कमिटीको व्यवस्थापनमा आउँदो निर्वाचनलाई लक्षित गरी आयोजित प्रशिक्षणमा दुई सय १५ जनाभन्दा बढीको सहभागिता छ ।

Skip This
Skip This
Logo