आँखा नदेखेर के भो ? घर सुनिताले नै सम्हाल्छिन्

आँखा नदेखेर के भो ? घर सुनिताले नै सम्हाल्छिन्

केन्द्रबिन्दु
0
Shares

राजविराज नगरपालिका–१ की २४ वर्षीया सुनिताकुमारी रजक दुवै आँखा देख्दिनन् । उनमा यो समस्या जन्मैदेखिको हो । तर, समस्या छ भनेर उनी चुप लागेर भने बस्दिनन् । घरबाहिर धेरै हिँडडुल नगर्ने सुनिताकुमारी घरभित्रका काम भने सबै गर्छिन् ।

उनका भाइबहिनी विद्यालय जान्छ । बाबु ठेला चलाउने र आमा अर्काको घरमा गएर काम गर्छिन् । घरमा कोही नभएपछि घरभित्रका सबै कामको जिम्मेवारी सुनितामै आउँछ । तर उनले यो कामलाई कहिल्यै रोकिनन् । बिहान उठेर घर बढार्ने, भाँडा मस्काउने, गाईबस्तुलाई चारो हाल्ने, खाना पकाउने सबै काम उनी कसैको सहयोगविनै पटापट गर्छिन् ।

उनी भन्छिन्, ‘म आँखा देख्दिन, अडकलको भरमा सबै काम गर्छु ।’

उनकी आमा दुर्गा देवी रजकका अनुसार जेठी सन्तान सुनिताकुमारी जन्मैदेखि दुवै आँखा देख्दिनन् । आँखा नदेखे पनि काम नगरी कहिल्यै बस्दिन । अरू छोराछोरीले नगर्ने काम पनि उनी एक्लैले गर्ने गरेको उनको भनाइ छ । 

उनले भनिन्, ‘आँखा नदेख्ने भए पनि घरमा उ भएपछि मलाई ढुक्क हुन्छ । हामी बुढाबुढी दुवै जना घरबाहिर काम गर्न जान पाएका छौँ ।’

सुनिताको विवाह पनि भएको थियो । बोल्न नसक्ने एउटा केटासँग विवाह भए पनि उसले छोडेर अर्को विवाह गरे । त्यसपछि सुनिता माइतीमा आएकी हुन् ।

Logo